ताजा अपडेट »

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

विहीबार, ०४ माघ २०८०, १७ : १२
106 Shares

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा ) ले बंगलादेशमा हुने साफ यू-१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू-१९ राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।  प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन् ।

फेब्रुअरी २ देखि ८ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ। त्यस्तै फेब्रुअरी ४ मा भुटानसँग खेल्ने छ भने फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ ।  यस पछि शिर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्ने छन् ।

नेपाली टिम: गोलकिपर: सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी ।
डिफेन्डर: दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के ।
मिडफिल्डर: ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ ।
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।