१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।

Advertisement

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको शुक्रबार संघ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव मुक्ति अधिकारीले जानकारी गराउनु भयो । दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् ।

संघका अध्यक्ष हरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने उक्त समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरु सदस्य तथा सदस्य सचिवको रुपमा महासचिव मुक्ति अधिकारी रहनुहुने छ ।

दीपावली महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । फूड फेस्टिवल सहितको दीपावली महोत्सव सम्पन्न गर्नको लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फूड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनाकुमारी खनाल संयोजक रहेको सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यमा कार्यसमिति सदस्यहरु रहेका छन् ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यवसायिक तथा सामाथिक संघ संस्था तथा आम समदुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताको लागि अनुरोध पनि गरे ।

दीपावली महोत्सवले यस क्षेत्रको व्यापार व्यवसायीलाई चलायमान र प्रद्धर्धन गर्नुको साथै आर्थिक गतिबिधिलाई समेत चलायमान बनाउन मद्धत गर्ने संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता