ताजा अपडेट »

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

शुक्रबार, २६ असोज २०८०, १५ : ५१
54 Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ । कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि कांग्रेस भित्रको संकट प्रकट रुपमा नै देखिएको छ ।  धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाईएको बैठकले हिजाेबाट कांग्रेस भित्र कोशी प्रदेशमा भएको बिद्रोहका बारेमा आवाश्यक निर्णय लिनेछ । साँझ ५ बजेसम्ममा निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । 
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।