ताजा अपडेट »

काँग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन गर्दै

मंगलबार, २० चैत्र २०८०, ०८ : १९
38 Shares

बुटवल । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि आफ्नै निवास (बूढानीलकण्ठ) मा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठकले आगामी वैशाख १५ गते प्रतिनिधि सभा इलाम २ र प्रदेश सभा बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको तय गर्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यचसिव कृष्णप्रसाद पौडेलले बताए।

इलाम २ का लागि एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ भने नेकपा माओवादी केन्द्र इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।

यसैगरी एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) का लागि दमनबहादुर भण्डारीलाई टिकट दिइसकेको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।