१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिका लागि बुधबार संस्थापन इतर समूहले उम्मेदवारी घोषणा गरेको छ । बुटवलमा शेखर कोइराला समूहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा फर्सुराम ढकाललाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको हो । ढकाल कार्यबहाक सभापतिका रुपमा रहेका थिए ।

Advertisement

रिक्त रहेको सभापति पदमा सहमति जुट्न नसकेकेपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुँदै सभापति हरि लम्सालले ०७९ वैशाख ९ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । सभापतिका राजीनामापछि उक्त पद १८ महिनादेखि रिक्त छ ।

सहमतिको प्रयास विफल भएपछि सभापति पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाई छ । सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशील र आउँदो निर्वाचनमा बढीभन्दा बढी सिट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताए ।

पार्टीभित्र रहेका असन्तुष्टि हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भूमिका हुने उनले दाबी गरे । असोज २७ गते हुने सभापतिको निर्वाचनमा ६७२ प्रतिनिधिले मतदान गर्नेछन् । संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने सम्भावना बढी छ । यद्यपि, उक्त पक्षबाट औपचारिक निर्णय भने गराइएको छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर