१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

 काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

Advertisement

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युवराज प्रजालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउदै गरेको खुल्न आएपछि उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक सन्देश र मोटरसाइकलमा सवार युबराजलाई पक्राउ गरेको हो । हाल फरार गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाकाे मेचीनगर नगरपलिका-१० गोरुहट्टिबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ७० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सुवान मियालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कोठामा राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।  

 झापाबाटै, अवैध लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ बस्ने १९ वर्षीय निसान लिम्बु, सोही नगरपालिका-८ बस्ने २४ वर्षीय रिवज रनपहेली, दमक नगपरलिका-१ बस्ने २१ वर्षीय रूस्बिन लिम्बु भन्ने बिबेक फियाक लिम्बु र दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु रहेको छन् ।

भद्रपुर नगरपालिका-३ स्थित मेची पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई साईकलको सिटमुनी लुकाई राखेको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बिबेक र बिक्रमको समेत संलग्न रहेको खुल्न आएपछि ४ जनालाई नै पक्राउ गरेको हो । 

बाँकेकाे खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । यसैगरी सोही गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय  मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको  छ । 

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध