१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाठमाडौं । नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम जाँदै छन्। जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा अधिवेशनको तयारी गरिएको छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली मध्यान्ह जनकपुरधाम पुग्ने बुझिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘शभ प्रभात १ आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी । ‘

मधेशका आठ जिल्लामा एमालेका करिब ६३ हजार सक्रिय छन् । जसमध्ये एक हजार अधिवेशन प्रतिनिधि चयन गरिएको छ । भोलीसम्म चल्ने अधिवेशनबाट एमालेले प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अधिवेशनको आर्थिक श्रोत मुख्य रूपमा पार्टीको आन्तरिक श्रोतबाट नै व्यवस्थापन गरिएको छ ।

प्रतिनिधिहरूको शुल्क, पार्टी सदस्यले प्रदान गर्ने लेवि, पार्टी शुभेच्छुकको सहयोग वाट अधिवेशन व्यवस्थापन हुनेछ । सबै जिल्लाबाट आफ्नै श्रोत साधनमा कार्यकर्ताहरू जनकपुरधाम आउने एमालेले जनाएको छ । एमाले मधेश प्रदेश अध्यक्षका लागि अहिलेसम्म कुनै नेता खुलेका छैनन् । तर आधा दर्जन बढी नेता प्रदेश अध्यक्षका आकांक्षी छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने