१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

गुल्मी । कानुनले पनि गरिबलाई मात्र तान्छ भन्छन । दुःख–बिमारले पनि गरिबलाई मात्र छुन्छ र दैव पनि गरिबलाई मात्र लाग्छ भन्छन् । तर एउटा मानसिक समस्याले भने बढि मात्रमा जो धेरै पैसा कमाउँन चाहन्छ । सम्पत्ती जोरेर सम्पन्न र प्रतिष्ठित बन्ने चाहना राख्छ, त्यस्तो मानिस नै अरु भन्दा बढि पर्ने गरेको छ । अर्थात सबै भन्दा बढि मानसिक समस्याको शिकार सम्पन्न परिवार नै हुने गरेको सरकारी तथ्याङकले देखाएको छ ।

Advertisement

हरेक वर्षको १० अक्टवरमा मनाईने बिश्व मानसिक स्वास्थ्य दिवस मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा मनाईयो । त्यस अवसरमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको तथ्याङकले मानसिक समस्याको शिकार बढि मात्रमा सम्पन्न परिवार हुने गरेको देखाएको हो। जनस्वास्थ्य अधिकृत पशुपति आचार्यद्वारा प्रस्तुत तथ्याङकमा बिश्वभर कुल जनसंख्याको १३ प्रतिशत मानिसमा मानसिक समस्या देखिएको छ । ती मध्ये बढि मात्रमा विकासित मुलक र सम्पन्न परिवारमा देखिएको छ । पुरुष भन्दा बढि मात्रमा महिलामा मानसिक समस्या देखिएको आचार्यले बताए ।

गुल्मीको हकमा गत एक वर्षमा कुल ७६८ जनामा मानसिक समस्याको पहिचान भएकोमा पुरुष २५२ र महिला ५१६ जना रहेका छन । गुल्मी अस्पताल र रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजना र काठमाण्डौ ईन्ष्टिच्युट अफ हेल्थ (कोच) काठमाण्डौको सहयोगमा मनाईएको बिश्व मानसिक स्वास्थ्य दिवसमा नेपालभर १० प्रतिशत युवा उमेरका मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको तथ्याङकमा उल्लेख छ । आत्माहत्या बृद्धिमा मानसिक समस्या पनि एक भएको बताउँदै जिल्ला प्रहरी प्रमुख नविनकिशोर प्रधानले आत्माहत्या गर्नेमा देशभर लुम्बिनी प्रदेश तेश्रो, पाल्पा जिल्ला पहिलो र गुल्मी तेश्रो स्थानमा रहेको जानकारी दिए ।

कार्यक्रममा गुल्मी अस्पतालका निमित्त मेसु तथा हाडजोर्नी बिशेषज्ञ डाक्टर प्रदिप शिवाकोटीले बिश्व मानसिक समस्या दिवसको महत्वबारे प्रकाश पार्दै हरेक मानिसले आफुलाई चिन्नु पर्ने अर्थात, आफुमा मानसिक वा अन्य स्वास्थ्य समस्या के छ भनेर पहिचान गराई बेलैमा उपचार गराउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले मानसिक समस्याबाट मुक्त हुने एउटा माध्यम शारीरिक व्याम र योगा भएकोले हरेकले दिनँहु विहान योगामा सहभागि हुन सुझाएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डे लगायतको आतिथ्यता थियो । डाक्टर शिवाकोटीको अध्यक्षता र स्वास्थ्यअधिकृत बोम अर्यालको सञ्चालन रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाभरीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेवीकाहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन