ताजा अपडेट »

देशभर २४ औं जनयुद्ध दिवस मनाइयो , जनयुद्धका शहीदलाई सम्मान माग

बुधबार, ०१ फागुन २०७५, १८ : २०
10 Shares

फागुन १,

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)निकट क्रान्तिकारी युवा लिगलेआज रुपन्देहीसहित देशभर २४ औं जनयुद्ध दिवस मनाएका छन् । यसक्रममा क्रान्तिकारी युवा लिग,जिल्ला समिति,रुपन्देहीले आज भैरहवामा रातो मार्चपाससहित २४ औं जनयुद्ध दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दैं पार्टीका पोलिटव्यूरो सदस्य प्रेमनाथ सुवेदीले जनयुद्धका शहीदलाई सम्मान गर्न सरकारसंग माग गर्नुभयो ।उहांले शहीदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहीदको खिल्ली उडाइरहेको आरोप लगाउंनुभयो । पार्टीका प्रदेश ५ का सेक्रेटरी समेत रहनुभएका उहांले वाइडबडीका मुख्य भ्रष्टाचारी कंसकारलाई लिगले कालोमोसो दलेर सचेत गराएको प्रसंग उल्लेख गदैं हजारौ कंसकारलाई कारबाही गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीका केन्दीय सल्लाहकार भुलबहादुर सुनारीले मुलुकमा भ्रष्ट्राचार संस्थागत बन्दैं गएको भन्दैं भ्रष्ट्राचारीलाई जनकारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रम पूर्व लिगले भैरहवाको बुद्धचोकबाट रातो मार्चपाससहित मोटरसाइकलर्याली निकालिएको र उक्त र्यालीले भैरहवा बजार परिक्रममा गरिपुनःबुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।

उता क्रान्तिकारी युवा लिगले कपिलबस्तु,नवलपरासी,गुल्मी,पाल्पा,अर्घाखांची लगायत प्रदेश ५ का १२ वटैं जिल्लामा रातो मार्चपाससहित २४ औं जनयुद्ध दिवस मनाएका पार्टीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।