१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

दाङ । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का ३१ वर्षीया सुनिता सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४४ वर्षीया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुवैको घटनास्थलमै मृत्यु भएको हो । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो करिब ३ बजेतिर राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मूलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।

Advertisement

यस्तै बस दुर्घटना परी घाइते भएका १५ जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । ति मध्य २ जनालाई थप उपचारको लागि बाँके रिफर गरिएको र १३ जना उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । २ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका ४ खर्सुबास बस्ने ५३ वर्षीय चित्रा डाँगी, गाडी मालिक तथा चालक शारदा नगरपालिका १० मदना बस्ने २५ वर्षीय मेघराज कुवर ९ दायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम ० थप उपचार मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

यस्तै त्रिवेणी गाउँपालिका ६ स्याला बस्ने ५९ वर्षीया कुमारी चन्दको दायाँ , त्रिवेणी ६ लुहाम बस्ने ६३ वर्षीय हुम बहादुर बस्नेत, ५० वर्षीया धनी बस्नेत , त्रिवेणी ४ जयचौर बस्ने ३६ वर्षीय दल बहादुर डाँगी घाइते भएका थिए । यस्तै शारदा नगरपालिका ३ खलङ्गा बस्ने २२ वर्षीया प्रतिमा कुवर, शारदा १२ बस्ने २७ वर्षीया माया राना , छत्रेश्वरी गाउँपालिका १ मूलखोला बस्ने २४ वर्षीया खडक बहादुर बिक, सोही ठाउँ मूलखोला बस्ने २६ रूपा बिक, झिम्पे बस्ने १८ वर्षीया देवा बिक, सोही ठाउँका ६० वर्षीय कमान सिंह बिकलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

तुलसीपुर ६ स्याउली बजार बस्ने ६० वर्षीय प्रेम बहादुर बूढा, तुलसीपुर ९ बेलुवा बस्ने २० वर्षीय प्रमोसन रिजाल कपुरको गाउँपालिका ५ जामुने बस्ने ७१ वर्षीया बिनी साहु घाइते भएका थिए । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । प्रहरीका अनुसार गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर