२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

गुल्मी। केहि काम नभएको कुनै सरकारी निकाय छ भने त्यो जिल्ला समन्वय समिति हो भनेर भन्ने गरिन्छ । तर पछिल्लो एक वर्षको दैनिकी नजिकबाट नियाल्दा कार्यकारी भुमिकामा रहेका पालिका प्रमुखहरु भन्दा अझ व्यस्त देखिए गुल्मीका जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री ।

Advertisement

उनले एक वर्षे कार्यकालमा केहि काम नभएको होईन, ईच्छा शक्ति भए कामै काम छ जिल्ला समन्वय समितिमा भनेर देखाई दिए पनि । यस अघि चन्द्रकोट गाउँपालिका अध्यक्ष रहेका खत्रीको अनुभवले समाजका हरेक क्षेत्रमा चासो राख्न उत्साहित पारेर पनि होला जिल्ला समन्वय समितिलाई निकै सक्रिय पारेको पछिल्लो एक वर्षे कार्याकालले देखायो ।

समितिको एक वर्षे कार्य प्रगति समिक्षा गोष्ठीसहित सोमबार सातौ जिल्ला सभामा समन्वय प्रमुख खत्रीले जिल्लाका सञ्चारकर्मीलाई किनै महत्वपुर्ण गिफ्ट दिएका छन्। जो गत ६ वर्ष अघिदेखि गुमेको थियो । जिल्लाभरको सुचना माग्नु पर्दा १२ वटै पालिकामा धाउन वा फोन हानेर समय खर्चिनु पर्ने, जसले गर्दा आजको आजै जनस्तरमा सूचना पुराउन पर्ने हो त्यो नसकेर बिषय वस्तु नै पेण्डिङ्ग राख्नु पर्ने अवस्था थियो ।

तर, खत्रीले आफ्नो संयन्त्र प्रयोग गरी जिल्लाका सबै खाले सुचना संकलन गरेर जिल्ला समन्वयमा केन्द्रित गरेको कुरा जिल्लासभा लगत्तै पत्रकार सम्मेलन गरेर सार्वाजानिक गरेका छन्। जुन जिललाका सञ्चारकर्मी र सरोकारवाला संघसंस्थाका लागि उपहार नै हो । जिल्लाका सबै कार्यालयहरुको कार्य प्रगति , जिल्लाभरका सडक पुलहरुको संख्या, भईरहेका विकास निर्माणको प्रगति, ढिलास्ती, कृषि पशुपालनको अवस्था, जिल्लामा खेती योग्य जमिन, सिंचाई, मल विउँ आदिको अवस्थाको तथ्याङ्गले सञ्चारकर्मीलाई समाचार लेख्नका लागि मात्र होईन, प्रदेश र केन्द्र सरकारलाई योजना बनाउन पनि मद्दत मिल्न सक्छ।

जिल्ला प्रशासनबाट वितरित नागरिकता र राहदानीले पनि बोरोजगारी र पलायनको अवस्था बोल्छ । जिल्लाबाट बेरुजु कति भयो ? कति जना जेष्ठ नागरिक, एकल महिला , अपाङ्ग कति छन ? सामजिक सुरक्षा भत्ता बाफत वर्षेनी जिल्लामा कति रकम भित्रिन्छ ? यस्ता सुचनाले पनि निकै ठुलो महत्व राख्छ । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रका सबै खाले सुचना पनि जिल्ला समन्व्य समितिले संकलन गरेको छ ।

जिल्लाभरको पञ्जिकरण सम्बन्धि सुचना आदि सबै केलाएर हेर्दा एकिकृत सुचना पाटीको विकास जिल्ला समन्वय समिति गुल्मेली सुरुवात गरेको बुझन सकिन्छ। जिल्ला समन्वयको क्षेत्र अधिकार भित्र परेका नियमति कामका अलवा एकिकृत सुचना पार्टीको यो एउटा काम पनि पछिल्लो एक वर्षे कार्यकालका निकै महत्वपुर्ण काम मान्न सकिन्छ र जिल्ला समन्व्य प्रमुखसहितका यो टिममा समाजमा केहि गरेर देखाउँ भन्ने हुटहुटी छ भन्ने प्रष्ट हुन्छ ।

विकास निर्माणमा भएका ढिलासुस्तीलाई खबरदारी गर्ने क्षेत्र अधिकार थियो कि थिएन जिल्ला समन्व्यको तर खरबरदारी गर्ने मात्र होईन, नत्थी लगाएर निर्माण ब्यवसायीलाई काममा ल्याउने भुमिका पनि पछिल्लो एक वर्षे कार्यकालमा भयो । मदाने गाउँपालिका ६ को धाराचौर आधारभुत विद्यालयको भवन निर्माणको काम गत आठ वर्ष देखि अलपत्र थियो ।भारतीय दुतावास मार्फत परेको १६ कोठे भवन निर्माण गर्ने जिम्मेवारी पाएका निर्माण ब्यवसायी सम्पर्कविहिन थिए । जसलाई खोजेर भवन निर्माणको कामलाई निरन्तरता दिने कामको सुरुवात खत्रीले जिम्मेवारी सम्हालेको दिनदेखि गरे ।

फलतः यो एक वर्षमै उक्त भवन सम्पन्न भई चौरमा बसेर पढन बाध्य त्यहाँका विद्यार्थीहरुले अहिले कक्षा कोठामा बसेर पढन पाएका छन् । जिल्लाका अन्य अलपत्र बिकास निर्माणमा पनि खत्रीले निरन्तरता दिनमा पहल गरेको देखियो । बौद्धिक नेता रहेका खत्री जिल्ला समन्वय महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष समेत हुन्।

समग्रमा यो एक वर्षे कार्यकालमा आफुलाई निकै ब्यस्त राख्न र पृथक पहिचान बनाउन सफल छन् जिल्ला समन्व्य गुल्मीका प्रमुख खत्री आगमी कार्यकाल पनि यसरी नै अगाडी बढाउने हुन होईनन त्यो भने हेर्न बाँकी छ । त्यसो त यस अघिका जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले पनि एउटा महत्वपुर्ण काम गरेर गएका छन् । उनले जिल्लाका हाल सम्मका जनप्रतिनिधीहरुको तथ्याङक जिल्ला समन्वयमा उतारेर महत्वपूर्ण कार्य गरेका हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै