ताजा अपडेट »

वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली

सोमबार, १५ असोज २०८०, ११ : १७
20 Shares
सोमबार, १५ असोज २०८०
20 Shares

बुटवल । देशव्यापी सडक कार्यक्रम लिएर हिँडेको वेस्टर्न युनियनको टोली बुटवल आइपुगेको छ । दशैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा कोशी प्रदेशको बिर्तामोडबाट सुरु भएको यात्रा सोमबार बुटवल आइपुगेको हो ।

कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना (दशैमा दस गुणा) सहित विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिँदै आएका छ्न । टोलिमा किशोर भण्डारी ( डिठा साब), रेस्मा तिमल्सिना (बुनु मैचा) राजेन्द्र गिरि (गुन्द्रुके) सहितका राष्ट्रिय स्तरका कलाकारहरु रहेका छन् । स्थानीय कलाकारहरुको समेत प्रस्तुती हुने सडक यात्रामा विभिन्न ठाउँमा साँगेतिक तथा हास्यव्यङ्ग्यका प्रस्तुतीहरु दिँदै आएका छन् ।

कोशी प्रदेशको बिर्तामोड, इटहरी, धरान, मधेस प्रदेशको सप्तरी, लहान, जनकपुर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा,नारायणघाट, कावासोति हुँदै आज सोमबार लुम्बिनी प्रदेश आइपुगेको हो । कलाकारको टोली अब बुटवल, दाङ, नेपालगन्ज, कोहलपुर, पाल्पा, स्याङ्जा, पोखरा हुँदै धादिङ पुग्नेछ । धादिङ पुगेर यात्राको समापन गरिने वेस्टर्न युनियनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।