२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ ।

Advertisement

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्णरुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिएपनि ब्यवस्थापनले कुनै प्राविधिक समस्या आएर नभइ नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

बुटवलमा संचालनमा रहेको केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको उपकरणबाट संचालन गरिएको हो । डुपलमेयर कम्पनीक उपकरण विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिदै आएको ब्यवस्थापनको दाबी छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले बताए ।

स्थानीयको सहभागीता सहित आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको समेत ब्यवस्थापनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न