१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । पाठक मञ्च, बुटवलको आयोजनामा ‘सभासद् नजीर मियाँसँग पुस्तक संवाद’ सम्पन्न भएको छ । कार्यक्रममा मियाँ लिखित आत्म संस्मरणात्मक कृति ‘संघर्षशील जीवन’ विषयक अन्तरक्रिया भएको थियो ।

Advertisement

पहिलो संविधान सभाका सदस्य नजीर मियाँको कृति सम्भवतः नेपाली मुस्लिम समुदायबाट लेखिएको पहिलो संस्मरणात्मक कृति भएको वक्ताहरुले जिकिर गरे । कार्यक्रममा पुस्तक परिचर्चा गर्दै लेखक तथा पत्रकार डि.आर.घिमिरेले अर्घाखाँचीको एउटा सानो गाउँपालीमा जन्मिएर देशकै विशिष्ट व्यक्तित्वको रुपमा स्थापित हुन पुुगेका मियाँको कृतिबाट मुस्लिम र गैर मुस्लिम समुदाय बीचको सद्भाव र सहिष्णुता उजागर गरेको उल्लेख गरे । त्यस्तै अध्येता रामचन्द्र श्रेष्ठले अहिलेको संविधानमा उल्लेख गरिएका मुुस्लिम अधिकारहरु नजीरको नेतृत्वमा सम्भव भएको उल्लेख गरे । श्रेष्ठले विभिन्न पार्टीका नेताहरुलाई समेटेर मुस्लिम समुदायको अधिकारका लागि मियाँको संघर्ष पुस्तकमा दस्तावेजीकरण भएको चर्चा गरे ।

यसैगरी नसीब दार मियाँले पुस्तकले मुस्लिम समुदाय हो र धर्म इस्लाम हो भन्ने तथ्य पुस्तकले स्थापित गरेको बताए । कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थीले नजीर मियाँको सांगठनिक जीवन र संविधान सभामा खेलेको भूमिकाबारे चर्चा गरे । त्यस्तै लेखक झपेन्द्र जिसीले थप पुस्तकको लेखनको शुभकामना दिए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै लेखक मियाँले मुस्लिम समुदायमा अध्ययनको कमी भएको कारण पनि पुस्तक लेखेको बताए । जनसंख्याको हिसाबले नेपालमा मुुस्लिम सातौं ठूलो जाति भएको हुनाले अल्पसंख्यक भन्नु गलत हुने चर्चा गर्दै मियाँले भने, “नेपाल अल्पसंख्यक नै अल्पसंख्यकको देश हो । यी  अल्पसंख्यक बीचको सहिष्णुता नै नेपालको गौरव हो ।” संविधान निर्माणको प्रसङ्गहरु चर्चा गर्दै मियाँले यो संविधानले पहिलोपटक मुस्लिम समुदायलाई सम्बोधन गरेको बताए । मियाँले भने, “यो संविधानले पहिलोपटक मुस्लिम समुदायलाई पहिचान दिएको छ । मुस्लिम समुदायको हक अधिकार स्थापित गरेको छ ।” पाठक मञ्च, बुटवलका माधव गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध