१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

भैरहवा । रोटरी क्लब अफ भैरहवाले राष्ट्रिय बाल दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–११, स्थित भुजौली आधारभूत विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका १०३ जना विद्यार्थीहरुको आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेश चन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी नेत्रालय, भैरहवाले प्राबिधिक सहयोग गरेको थियो।

कार्यक्रम संयोजक राजु पाण्डेको स्वागत तथा सचिब हरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका एसिष्टेन्ट गभर्नर हिरा बहादुर शाहले क्लबले गर्न लागेको यस्तो मानवीय कार्यमा सधै आफ्नो साथ रहने बताए । साथै क्लबले यो विद्यालयमा अन्य स्वास्थ सम्बन्धि कार्यक्रम पनि संचालन गर्नु पर्ने कुरामा जोड दिए। कार्यक्रममा विद्यालयका प्राचार्य राधा आचार्यले रोटरी क्लब अफ भैरहवालाई बिशेष धन्यवाद दिदै आगामी दिनमा पनि अन्य सहयोगको अपेक्षा राखे।

साथै क्लबका प्रेसिडेन्ट इलेक्ट राम प्रसाद पन्थीले यो उमेर समुहका बाल बालिका आफुले नै आँखा सम्बन्धि समस्या व्यक्त गर्न नसक्ने भएकोले नै यस्ता शिविरको आवश्यकता रहेको बताए। कार्यक्रममा वर्ष २०२३–२४ का अध्यक्ष उमेशचन्द्र आचार्यले राष्ट्रिय बाल दिवसको अवसरमा स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ् यस्तो मानवीय सेवामा जोडिन पाउँदा आफुलाई गर्व लागेको कुरा उल्लेख गर्दै विद्यालयलाई रोटरीको फोरवे टेस्ट हस्तान्तरण गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता