Dec 9, 2023
चन्द्रौटा । कपिलवस्तुमा सर्पद्वंशबाट एक युवाले ज्यान गुमाएका छन् । विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्यु भएको हो । उनलाई गएराती करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले डसेको थियो ।
सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए । मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पु¥याइएको थियोे । गोरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटोमै मृत्यु भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्