ताजा अपडेट »

बुटवल जेसीजद्वारा बृक्षारोपण

विहीबार, २१ भदौ २०८०, १२ : १३
52 Shares
विहीबार, २१ भदौ २०८०
52 Shares

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती)को अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बृक्षारोपण गरि जेसीज उद्दान निर्माणको कार्यलाइ अगाडी बढाएकोछ। बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५० औं बर्ष गरेको पुनित अवसर विभिन्न प्रकारका फलफूलजन्य बिरुवा रोपेको जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा न ११ होराइजन चोक पुर्व सिद्धार्थ राजमार्ग देखि कालिकाचोक सम्म राजमार्गको बिचको खालि ठाउँमा नगरपालिकासँग समन्वय गरि फलफूल जातका बिरुवा रोपिएको हो । बुटवल जेसीजका १९८१ अध्यक्ष समेत रहेका बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष निर्मल प्रसाद लाकौलले एक्जोरा र पिककको बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।


बुटवल जेसीज उद्दान बृक्षारोपण कार्यक्रममा पुर्व अध्यक्षहरु मथुरा पिया, बिन्ध्या किशोर जोशी, कृष्ण कुमार श्रेष्ठ, गोपाल प्रसाद अधिकारी, गणेश चन्द्र पोखरेल, दिनेश श्रेष्ठ, पुर्व अध्यक्ष/ स्वर्ण जयन्तीका मुल संयोजक मनोज भट्टराई, पुर्व अध्यक्ष राजु पौडेल, राजिव गौतम, कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवाली, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, कानुनी सल्लाहकार कमल देवकोटा तथा जेसीज पदाधिकारी एवं सदस्यहरुको सहभागीता थियो। कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।