१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023


भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा प्रमुखमा बजिर सिंह बिष्ट आएका छन् । नव आगन्तुक ट्राफिक प्रहरी बिष्टले ट्राफिकलाई सहज, सुलभ र सुदृण बनाउनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् ।

Advertisement

सोमबार भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै विष्टले ट्राफिक ब्यवस्थापन एवम कानून कार्यान्वयनमा समन्वय गरि अगाडी बढने समेत बताए । दुर्घटना न्यूनिकरणमा कार्यवाही संगै सचेतनाको बिषयमा सामान्तर रुपमा लाग्ने उनले बताए । अहिले प्रविधिको कारण ट्राफिक प्रहरीमा समस्या रहेको बताउदै उनले यसको सहजीकरणमा पनि अघि बढने बताए ।

यस्तै भैरहवा क्षेत्रमा पार्किङ्ग, ई–रिक्सा लगायतको समस्या पनि रहेको हुदा सरोकारवालासंग छलफल गरि यसलाई ब्यवस्थापन तर्फ लाग्ने उनले बताए । उनले रुपनदेहीमा बिगतका तथ्यांकहरु हेर्दा अधिकतम दुर्घटना तिव्र गतिका कारण हुने देखिएकोले उमेरलाई दृष्टिगत गरि न्यूनिकरणमा जाने बताए । “अधिकतम युवा समूहमा बिशेष गरि मोटरसाईकल द्रुत गतिमा चलाउने गरेका कारण यस्तालाई निगरानी गरिनेछ ।” उनले भने “भैरहवा, बेथरी, तिलोत्तमा लगायतका क्षेत्रमा अटोमेटिक नम्बर प्लेट रिडिङ्ग मेशीन जडान गर्ने योजना पनि रहेको छ ।”

कार्यक्रममा भैरहवाका पत्रकारहरुले ट्राफिक प्रहरीले कार्यवाही र सचेतनालाई संगै लैजान सुझाव दिएका थिए । यस्तै भारतीय गाडीलाई हेर्ने प्रहरीको नजरमा परिवर्तन ल्याउन पनि उनिहरुको सुझाव रहेको थियो । नागरिक संग प्रहरीले गर्ने ब्यवहार, पार्किङ्ग लगायतको समस्या रहेको बताउदै पत्रकारहरुले यसको न्यूनिकरणको प्रयास थाल्न ट्राफिक प्रहरीलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने