१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ। खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन्। गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उनले व्यावसायीक अङ्गुर खेती थालनी गरेका थिए ।

Advertisement

‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए। “नौ हजार किलोग्राम अङ्गुर उत्पादन भएको छ, उनले भने, “बजारको ‘मूल्य अनुरुप प्रतिकिलो दुई सयका दरले उक्त मूल्यको अङ्गुर उत्पादन भएको हो।” उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उनले बताए ।

कम्पनीले वार्षिक १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उनले बताए। जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ,उनले भने “कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।”

धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा तीस हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको छ। कम्पनीले धादिङमा ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन गर्दै आएको हो। वाइन बजारमा प्रतिबोतल एक हजार दुई सयमा बिक्री गरिरहेको छ ।

‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ, उनले भने, “यसले पनि अङ्गुरखेतीलाई प्रोत्साहन गरेको छ।” वर्षामा एक पटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ। फार्ममा विभिन्न ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता