१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुटवल जेसीजले आफ्ना पुर्व अध्यक्षको सम्मानमा अगस्ट बल कार्यक्रम सम्पन्न गरेकोछ । बुटवल क्षेत्रको ५० बर्ष पुरानो सस्था बुटवल जेसीजले एक समारोह आयोजना गरि सम्पूर्ण पुर्व अध्यक्षहरुलाइ सम्मान गरेको हो । झन्डै ३४ बर्ष अगाडि आफु अध्यक्ष हुदा शुरु गरेको अगस्ट बल कार्यक्रम बुटवल जेसीजले निरन्तर रुपमा गर्दै आएकोमा आफु निकै हर्षित र आभारी रहेको पुर्व अध्यक्ष मथुरा पियाले बताए ।

Advertisement

कार्यक्रममा बुटवल जेसीज एवं नेपाल जेसीजका पुर्व अध्यक्ष समेत रहनुभएका जेसीजका पुर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैन्जुले नेतृत्व र ब्याक्तित्व विकासमा बुटवल जेसीजले स्थापना देखि नै अग्रणी भुमिका खेलेको उल्लेख गरे । त्यसैगरी बुटवल जेसीज एवं नेपाल जेसीजका पुर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले बुटवल जेसीजले आफ्नो स्थापनाको ५० औं बर्षमा टेक्दा नेपाल जेसीजको ५० औ राष्ट्रिय महाधिवेशन आथित्यता गर्ने सुखद संयोगलाइ इतिहासको स्वर्णिम अक्षरले लेखिने गरि सप्पन्न गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने औल्याए ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं बुटवल जेसीजका पुर्व अध्यक्ष चन्द्रमणी भुषालले बुटवल जेसीजले आतिथ्यतामा गर्न गैइरहेको नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन एक उत्कृष्ट, भव्य र सदैव स्मरणीय सफल बनाउने गरि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष एवं बुटवल जेसीज पुर्व अध्यक्ष निर्मल प्रसाद लाकौलले बुटवल जेसीजका हरेक कार्यमा बोर्ड अफ ट्रस्टीजले अग्रणी रहेर सहयोग र हातोमालो गर्ने बताए ।

त्यसैगरी पुर्व अध्यक्ष एवं बुटवल जेसीजको स्वर्णजयन्ती कार्यक्रममा संयोजक मनोज भट्टराईले यही सेप्टेम्बर १ मा बुटवल जेसीजको ५०औ स्थापना दिवस रचनात्मक कार्यक्रम सहित यस बर्षको जेसिज सप्ताहको रुपमा मनाउने गरि तयारी भैरहेको जानकारी दिए । बुटवल जेसीजले यस बर्षको जेसीज सप्ताह कार्यक्रमको मुल संयोजकमा बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली र स्वर्णजयन्ती मुल संयोजकमा बुटवल जेसीजका पुर्व अध्यक्ष मनोज भट्टराईलाइ चयन गरिसकेकोछ ।

कार्यक्रममा नवप्रवेसी जेसीज सदस्यलाइ बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले शपथ खुवाएका थिए भने पुर्व अध्यक्षहरुले जेसीज पिन लगाएर औपचारिक रुपमा बुटवल जेसीजमा स्वागत गरे । कार्यक्रममा अध्यक्ष हरिविक्रम कुवरले बुटवल जेसीजकाधरोहर पुर्व अध्यक्ष, पदाधिकारी, एवं सम्पूर्ण जेसीज सदस्यहरुलाइ यस बर्षका हरेक कार्यक्रमहरु सप्पन्न गर्न सबैको उच्चतम सक्रियता, सहभागीता, सद्भाव र सहयोगको अपेक्षासहित विशेष अनुरोध गरे ।

कार्यक्रममा साङ्गेतिक प्रस्तुति सहित रात्री भोजको समेत आयोजना गरिएको थियो । कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवरको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक मोहन न्यौपानेको स्वागत, जेसी लेखनाथ पाण्डेको आस्थापाठ, जेसी अमर खत्रीको मिसन भिजन पाठ, महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सप्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध