१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बारा । रौतहटका पत्रकार फणि महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्षभन्दा बढी समयदेखि टाउको ट्यूमरबाट पीडित भएका हुन । 

Advertisement

पत्रकार महत एक वर्षभन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिएको पत्रकार महत पुनः सोही समस्या देखिएपछि थप उपचारको लागि उपचारमा संलग्न चिकित्सकले भारतको नयाँ दिल्ली लानु सुझाब दिएसँगै हाल उनी उपचारका निम्ती भारतको नयाँ दिल्लीमा छन् । 

पत्रकार महतको काठमाडाैंमा ब्रेन ट्युमरको उपचारको क्रममा ३५ लाखभन्दा बढी खर्च भएपनि उनी पूर्ण रुपमा स्वस्थ हुन नसकेपछि थप उपचारको लागि भारतको नयाँ दिल्लीमा उपचारको तयारीमा छन् । यति ठूलो रकम खर्चिएर फेरि दिल्लीमा उपचारको लागि उनलाई तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक परेको हुँदा सहयोग गरिदिनु हुन तथा सहयोग जुटाइदिन हुन परिवारले समेत अनुरोध गरेको हो । 

साथै बिहीबार नेपाल पत्रकार महासंघले  पनि आर्थिक सहयोग जुटाउन र एक श्रमजीवी पत्रकारको जीवन बचाउनका लागि उपचारमा सहयोग गर्न आफ्ना सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाई अपिल गरेको छ । 

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

यस्तै नेपाल पत्रकार महासंघको नविल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ मा रकम जम्मा गरिदिन सक्नेछन् । अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुन् ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने