१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरिएको हो ।

Advertisement

तालिममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले कतिपय व्यवसायीले लेखालाई व्यवस्थित रुपमा राख्न नजान्दा धेरै समस्या झेल्नु परेकोले त्यसको समाधानको लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी गराए। संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आवश्यकताको आधारमा यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिरहने जानकारी गराए।

तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत नरेश पन्थी, संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए महेश घिमिरे र सिए प्रताप कर्माचार्यले यसका प्रावधानका विषयमा जानकारी गराउँदै आवश्यक परेको समयमा तालिम तथा परामर्शको लागि आफूहरु तयार रहेको जानकारी गराए ।

त्यस अवसरमा डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारी सहित बस्तुगत समितिका सदस्यहरुले व्यवसायमा आईपर्ने समस्या र त्यसलाई कसरी सुधार गर्न सकिन्छ लगाएतका जिज्ञासाहरु राखेका थिए । ती जिज्ञाशाको समेत प्रशिक्षकहरुले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै