१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


सिन्धुपाल्चोक ।  संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका आ–आफ्नै काम, कर्तव्य र अधिकारका सीमा छन् । उनीहरुबीच आपसी समन्यवयमा मात्रै हरेक काम थप प्रभावकारी हुने गर्छ । तर, हाम्रो मुलूकका तीनै तहका सरकारबीच अहिले तालमेल र आपसी समन्वय भएको देखिँदैन, चाहे ती संघका मन्त्री हुन् वा प्रदेशका। आ–आफ्नै पाराले चल्ने गरेका ज्वलन्त उदाहरण थुप्रै छन् । उनीहरु न आफ्नो हैसियतअनुसार काम गर्छन्, न त कुनै समन्वय नै । अरुले गरेका कामको जस लिन भने मरिहत्ते गर्छन् । अहिले बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी र संघीय स्वाथ्यमन्त्री मोहनवहादुर बस्नेतबीच पनि यस्तै प्रचारबाजीको नियति देखियो । 

Advertisement

प्रसंग हो–अस्पतालहरुमा शवबाहन हस्तान्तरणको । गएको साउन १४ गते बागमती प्रदेश सरकार मातहतका ७ अस्पतालका सम्बन्धित प्रतिनिधिहरूलाई  प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले शवबाहन हस्तान्तरण गरे  । प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबारको दिन बागमती प्रदेश भित्रका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई  शवबाहन हस्तान्तरण गरिएको थियो । शवबाहन हस्तान्तरण कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा पुगेका थिए । प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डा.झालाई शवबाहान गाडीको चाबी हस्तान्तरण गरे ।

साउन १४ गते तर बागमती प्रदेश सरकारको यस्तो कामले एकै पार्टी नेपाली कांग्रेसका संघीय स्वास्थ्यमन्त्री बस्नेत चित्तप्रशन्न नभएको देखियो  । जोशी कोइराला गुटका हुन् भने बस्नेत सभापति देउवाका साँढुभाई । प्रदेश मन्त्री जोशीले सिन्धुपाल्चोकसहित सात जिल्लालाई एकैपटक  शववहान हस्तान्तरण गरेको दुई दिनपछि जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट डा. झालाई आफूकहाँ बोलाए । दुईदिन अघि प्रदेश सरकारका मन्त्रीको हातबाट शवबाहन बुझेका उनै डा. झा बस्नेतको बोलावटपछि हानिएर साउनकै १६ गते मंलबारका काठमान्डौँमा पुगेर सोही शवबाहन हस्तान्तरण कार्यक्रममा पुगे । र मन्त्री मोहन बहादुर बस्नेतले सोही शवबाहन डा. त्रिभुवन झालाई नै चाबी दिएर हस्तान्तरण गरे ।

डा. झाले भने , “शवबाहन एउटै हो । १४ गते स्वास्थ्य मन्त्रीबाट चाबी हस्तान्तरण कार्यक्रमबाट लिएको थिएँ । सोही शवबाहनको चाबी मेैले फिर्ता दिएर आज संघका स्वास्थ्य मन्त्री ज्युले हस्तान्तरण गर्नुभएको हो । सात जिल्लामा हस्तान्तरण गर्दा मन्त्री बस्नेतज्युलाई टारगेट गरेर दिएको थियो अनि काठमान्डौँबाट फेरि लिएको हो ।”

मन्त्री  बस्नेतले सो साँचो खामबन्दी गरे अनि चौतारा अस्पतालका डा झालाई हस्तान्तरण गरे । मन्त्री बस्नेतद्वारा चौतारा अस्पताललाई शवबाहन हस्तास्तारण भन्दै ब्यापक प्रचारबाजी गरियो । जिल्लावासी छक्क परे शवबाहन पाएको एक वा दुई भन्नेमा । दुवैले गरेको काम एउटै हो तर जस लिन उनीहरुबीच हानाथाप देखिएको छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, रसुवाको रसुवा अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको बकुलहर रत्ननगर अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो । भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको श्रेष्ठको भनाई छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध