११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

पाल्पा । ढोलीमारा सामुदायिक होमस्टेको आयोजना र पूर्वखोला गाउँपालिका, पाल्पाको सहयोगमा सञ्चालित होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धि आधारभूत तालिम, पूर्वखोला-२, जल्पाको ढोलीमारामा बुधवार सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाको शानको रुपमा रहेको ढोलीमारा सामुदायिक होमस्टेले छोटो समयमै ग्रामीण पर्यटन विकासको आधार तयार पारेको बताए ।

Advertisement

साथै उनले ढोलीमारामा होमस्टे सञ्चालन हुन थालेपछि गाउँको पहिचान बढेको, स्थानीयहरुमा स्वरोजगार सिर्जना सम्भव भएको र गाउँको उत्पादन गाउँमै खपत हुन थालेकोले आफू खुसी भएको बताउँदै होमस्टेको स्थायित्वका लागि आवश्यक पर्ने सबै पूर्वाधारका निम्ति कटिवद्ध रहने बताए । गाउँपालिकाकी उपाध्यक्ष भागिरथा भट्टराईले महिलाहरुको सार्थक सहभागितामा सञ्चालित ढोलीमारा सामुदायिक होमस्टेले महिला जागरण, आर्थिक उपार्जन र सांस्कृतिक गतिविधिहरुलाई टेवा दिएको बताइन् । वडा नम्बर २, जल्पाका अध्यक्ष निरबहादुर सारुले आफूहरुको लामो प्रयास र अभ्यासपछि ढोलीमारा गाउँमा होमस्टे सुरुआत् भएको र यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका निम्ति तालिम उपलब्धिपूर्ण हुने बताए ।

तालिममा होमस्टे सञ्चालन र व्यवस्थापनका आधारहरु,लुम्बिनी प्रदेश सरकारले तयार पारेको होमस्टे कार्यविधि–२०७६, होमस्टेले तयार पारेको मेनू,होमस्टे सञ्चालक र पाहुनाहरुका लागि तयार गरिएको आचारसंहिता, होमस्टे व्यवस्थापन समिति, उपसमितिहरु र तिनका काम, कर्तव्यहरुका सन्दर्भमा पर्यटनकर्मी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।

तालिमकै क्रममा सहभागी होमस्टे सञ्चालकहरुले मगर संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरेका थिए । त्यसै गरी कलाकार बेनप्रसाद थापाले आफूले तयार पारेको ढोलीमारा गाउँको कलात्मक चित्र, उपहार स्वरुप होमस्टे समितिका अध्यक्षलाई प्रदान गरेका थिए ।

तालिमपछि सहभागीका तर्फबाट सीमा बाह्रघरे, चुराबहादुर कवरमगर, मनबहादुर ठाडामगर, सामाजिक अभियन्ता माया राना र होमस्टेका अध्यक्ष पहलसिंह घर्तिमगरले तालिम फलदायी भएको, थप तालिमका लागि गाउँपालिकाले सक्दो सहयोग गर्नुपर्ने र ढोलीमारा सामुदायिक होमस्टेलाई जिल्लाकै नमूना होमस्टे बनाउन आफूहरु क्रियाशील र गतिशील हुने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन