६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले संघीयता स्थापना भएपछि लुम्बिनी प्रदेशमा स्काउटका गतिबिधि अगाडि बढेको बताए । बुधवार नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको ५४ औं पुरुष तथा ४५ औं महिला एडभान्स तालिमको सुभारम्भ गर्दै गिरीले स्काउटले नेतृत्व तालिमहरु संचालन गरि युवाहरुको क्षमता बिस्तार गरेको बताए ।

स्काउटलाई आगामी दिनमा थप चलायमान बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले नेपाल स्काउटलाई प्रदेश भरी बिस्तार गर्ने बताए । शारिरिक मानसिक र बौद्धिक रुपमा बालबालिकालाई राष्ट्रको सचरित्रवान नागरिक बनाउने उद्देश्यले लागिपरेको बताए । सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको उनले बताए । स्काउटले आगामी वर्ष सन् २०३२ सम्म १ लाख ३८ हजार सदस्य बृद्धि गरि एक घर एक स्काउट एक विद्यालय एक युनिटको लक्ष्य लिइएको उनले उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र खनाल, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, वडा सदस्य नहकुल शाहि ठकुरी, नेपाल स्काउट रुपन्देही इन्चार्ज भरत अर्याल, नविन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेम बस्नेत, उपमहानगरपालिकाका नगर प्रबक्ता शिब राना, नेपाल स्काउट राष्ट्रिय समिति सदस्य विजेन्द्र ध्वजु, प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको संचालनमा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता