ताजा अपडेट »

देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

बुधबार, १७ जेठ २०८०, १० : ४३
12 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्। बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्। संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो।

संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।