७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

तिनाउ । पाल्पाको तिनाउ गाउँपलिकामा रहेको नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशन तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ, पाल्पाका सचिव ध्रुव न्यौपानेले शिक्षकहरुको छाता संगठनको रुपमा रहेको शिक्षक महासंघलाई गतिशील बनाई आफ्नो अधिकारका रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए ।

विशिष्ट अतिथिका रुपमा रहेका वातावरणविद् विजय हितान मगरले नेपाली र बेलायती शिक्षाका बारेमा तुलनात्मक विश्लेषण गर्दै नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा संसारमै उत्कृष्ट रहेको बताए । अधिवेशनमा तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिकस्तर उकास्नका लागि शिक्षक महासंघ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिदै शैक्षिक वहसका निम्ति तिनाउ सरकार तयार रहेको बताए । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्नेमा दुईमत नरहेको उनले बताए । त्यसैगरी गाउँ शिक्षा समितिका सदस्य राजेश श्रेष्ठले तिनाउको शैक्षिक उन्नयन गर्नका लागि महासंघ अधिकारसम्पन्न हुनुपर्ने र गतिशील हुनुपर्नेमा जोड दिए ।

उक्त अधिवेशन कार्यक्रममा शिक्षकहरु श्रीनिवास गौतम,कृष्ण पाण्डेय, उमा पाण्डेय,धनबहादुर खाम्चा ,शिव पाण्डेय ,यादव बस्याल लगायतले अधिवेशन सफलताको शुभकामना र गतिशीलताको लागि उत्प्रेरणा ब्यक्त गरेका थिए । अधिवेशनले झविन्द्र ज्ञवाली अध्यक्ष,सहअध्यक्षमा श्रीनिवास गौतम,उपाध्यक्षमा माया पाण्डेय,ऋषि भण्डारी र सचिवमा पदमलाल शाक्य लगायतका शिक्षकहरुको संलग्नतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे