१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । सरकारले सञ्चार माध्यमलाई विज्ञापन बोर्डमा पनि दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। हाल सूचना विभागमा सञ्चार माध्यमहरू दर्ता हुने गरेका छन्। विज्ञापन नियमन ऐन २०७६ मा संशोधनमार्फत् सरकारले विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्नेु व्यवस्था राखेको हो।

Advertisement

प्रतिनिधि सभामा दर्ता भएको केही नेपाल ऐनको संशोधनमा हाल सञ्चालनमा रहेका विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम समेत ऐन लागू भएको एक वर्षभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको हो। बोर्डले सञ्चार माध्यम तथा एजेन्सीको वर्गीकरण गर्ने व्यवस्था समेत विधेयकमा छ। सरकारी विज्ञापन दिने तयारी स्वरूप सरकारले विज्ञापन बोर्डमा सञ्चार माध्यम दर्ताको व्यवस्था गर्न लागेको हो।

त्यस्तै केही नेपाल ऐन संशोधनमार्फत् सरकारले अनलाइन सञ्चार माध्यम दर्ताको व्यवस्था समेत गरेको छ। छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गर्दै अनलाइन सञ्चार माध्यम दर्ता गर्ने व्यवस्था गरेको हो।

सरकारले अनलाइन सञ्चार माध्यमको व्याख्या समेत गरेको छ। ‘पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गरी इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, गीत, संगीत, भिडिओ, एनिमेसन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने प्रक्रिया वा माध्यम सम्झनु पर्छ’, विधेयकमा उल्लेख छ। विधेयकले सञ्चार माध्यम दर्ताका लागि स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा