ताजा अपडेट »

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

सोमबार, ०९ माघ २०७९, १८ : ५९
24 Shares

म्याग्दी । म्याग्दीको थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप सोमवार दिउँसो मंगला गाउँपालिका-२ काफलचौरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सवार अन्य सात जना घाइते भएका छन् ।

दुर्घटना हुँदा सवार मंगला गापा-१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका सूचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाइते मंगला गापा–१ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी केसी र ५ वर्षीय छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए ।

अन्य घाइते मंगला गापा–१ का १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीया भीमकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको छ । वडा नम्बर २ की २३ वर्षीया विपना कार्कीको उपचारपछि डिस्चार्ज गरिएको बेनी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई बेनी अस्पताल ल्याएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।