ताजा अपडेट »

दोस्रो कालिका जिल्लास्तरिय रनिङ शिल्ड : विभिन्न खेल सम्पन्न

आइतबार, ०३ पुस २०७९, १८ : ४९
30 Shares

बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबड्डीका खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन ।

छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका हुन । खेलमा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलका दिलराज कुवर ११.४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिका शुशिल चौधरी ११.८४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माबिकी पवित्रा बिकले १४.१७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छन । कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन ।

छात्र सटपुटतर्फ कालिका माबिका धर्मराज धवलले १०.४२ मिटर दुरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यु होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन । छात्रा सटपुटमा एभरेष्ट इगलिस बोर्डिङ स्कुलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छिन । उनले ८.५७ मिटर दुरी छेलो फयाल्दै स्वर्ण हात पारिन । यसैगरि टिकुलीगढ माबिकी सिमा केवट ७.१० मिटर छेलो फयाल्दै दोस्रो तथा न्यु होराईजनकी बिष्णु सोमरे मगरले ६.९८ मिटर दुरी छेलो फाल्दै तेस्रो भएकी छन ।

छात्र भलिबलतर्फ अन्तिम १६ को टुगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिह, इडेन र न्यु भिजन, होराईजन इबोस्कुल र होराईजन जिबिएस, सिता माबि र कालिका मानव ज्ञानका बिचमा खेलहरु हुनेछन । यसैगरि छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजन बिच फाईनल खेल हुने छ भने नवज्योती र दीप बोर्डिङ स्कुलका बिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

यसैगरि छात्रा कबठ्ठीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन । पहिलो सेमीफाईनलमा कालिका माबि र होराईजन जिबिएस तथा होराईजन इ बो स्कुल र जनज्योती माबिका बिचमा खेल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।