ताजा अपडेट »

पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु

शनिबार, २४ मंसिर २०७९, ०७ : ३३
6 Shares

बुटवल ।  पाल्पामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ताले ज्यान गुमाएका छन् । रुपन्देही ओमसतिया -१ का गुप्तासँगै मोटरसाइकलमा पछाडि सवार सोहीठाउँका ३० वर्षीय भिम बहादुर बस्याल घाइते भएका छन् ।

बगनाशकाली-३ आर्यभन्ञ्ज्याङमा सिर्द्धार्थ राजमार्ग अन्तरगत तानसेनबाट राम्दीतर्फ जाँदैगर्दा उनीहरु सवार लु २९ प ४३२६ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो । एकै दिशामा हिँडिरहेको लु १ क १७६४ नम्बरको ट्रकलाई ओभरटेक गर्नखोज्दा बिपरित दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना मध्ये चालक गुप्ताको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।