ताजा अपडेट »

समानुपातिक सांसदको नाम तय गर्न बाेलाइएकाे एमाले बैठक स्थगित

शुक्रबार, २३ मंसिर २०७९, १३ : ०७
22 Shares

काठमाडौं । समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीकाे निवास बालकाेटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।  बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।