ताजा अपडेट »

लागुऔषधसहित ६ जना पक्राउ

आइतबार, ११ मंसिर २०७९, १५ : २१
8 Shares

काठमाडौ। झापा र गाेरखामा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम  अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ । 

घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गाेरखाकाे गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।