ताजा अपडेट »

मतपेटिकामा आगजनीपछि पुनः मतदान गरिएको पूर्वी नवलपरासी–१ को मतगणना सुरु

सोमबार, ०५ मंसिर २०७९, २० : ३८
22 Shares

नवलपरासी । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं १ को मतगणना साँझ सुरु भएको छ । आइतबार सम्पन्न मतदानमा देबचुली नगरपालिका–४ को एउटा मतदान केन्द्रको मतपेटिकामा आगजनी गरिएपछि त्यहाँ आज पुनः मतदान गरिएको हो । पुनः मतदान सकिएर मतपेटिका आएपछि मतगणना सुरु भएको हो ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एकजना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेकामा ८४ हजार चार सयले मतदान गरेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका शशाङ्क कोइराला, एमालेबाट कुष्ण पौडेलसहितका उम्मेदवारहरू प्रतिस्पर्धा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।