ताजा अपडेट »

नवलपरासीमा डुङ्गा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

सोमबार, १४ कार्तिक २०७९, २२ : ००
15 Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा डुङ्गा पल्टिदा डुबेर तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सुस्ता गाउँपालिका–४ गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।

सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू मध्ये पाँच जना डुंगा चढेर फर्किँदै थिए। सोही क्रममा बिगेट घोलामा डुंगा पल्टिएर दुर्घटनामा परेको बताइएको छ।सुस्ता गाउँपालिकाका पिकनिक खान गएका सात जनामध्ये दुई जना पैदलै फर्किएको र पाँच जना डुंगा चढेर फर्किने क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
घोलामा डुंगा अनियन्त्रित भई पल्टिदा मृत्यु हुनेमा अन्दाजी २२ वर्षका गुड्डु हरिजन,१८ वर्षका निरज हरिजन र १८ वर्षका रन्जित गुप्ता रहेका छन्। डुवेर घाइते हुनेमा किसोर हरिजन सोहित सहानी रहेका छन्।
उनीहरूको अवस्था गम्भीर छ। घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ। पिकनिक खान गएका जितेन केवटर नारायण चमार भने पैदल नै घर फर्किएको पोखरेलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।