ताजा अपडेट »

गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

आइतबार, १६ असोज २०७९, १० : ५४
31 Shares

काठमाडौं । गोरखकाली मन्दिरको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती पठाइएको छ । 

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । 

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा  बा २ झ ३८८२ नम्बरको सरकारी गाडी फूलपाती लिएर काठमाण्डौतर्फ हिँडेको छ । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।