ताजा अपडेट »

आर्थिक वृद्धिदर इतिहासकै उत्कृष्ट : गभर्नर नेपाल

विहीबार, २६ मंसिर २०७६, २२ : ०१
6 Shares


मंसिर २६,
ग्लोबल आवाज
बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मुलुकको ईतिहासमै पहिलोपटक लगातार आर्थिक वृद्धिदरमा वृद्धि भएको बताएका छन् । आर्थिक वृद्धिदरको दर अझ बढी हुनुपर्ने भएपनि आयातदर कम गर्न नसक्दा समस्या देखिएको उल्लेख गरे । शाइन–रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको बिहीबार रुपन्देहीको मणिग्राममा आयोजित मर्जरर एक्विजिशन तथा राष्ट्रियस्तरमा स्तरोन्नतिको औपचारिक समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपालले स्थानीय स्तरमा लगानी गरि रोजगारीको अवसर सिर्जना गर्नका लागि बैंकलाई सुझाव दिए । नेपालले निर्यातमा वृद्धि गर्न नसकेको बताउँदै उनले वैक तथा वित्तिय संस्थाहरुलाई उत्पादनमूलक र औद्योगिक क्षेत्रमा लगानी गरी रोजगारीको अवसर सिर्जना गर्न आग्रह गरे । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले बैक तथा वित्तिय संस्थाहरुले सेवाग्राहीलाई गुणस्तरिय र सरल ढंगले स्वा प्रवाहा गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा बुटवल उपमहानगपालिकाकी उप–मेयर गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, बंैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंक सञ्चालक थानेश्वर पौडेल लगाएतले बोलेका थिए । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरेको हो ।

कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्न ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई चेक हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेलाई चेक हस्तान्तरण गरिएको हो । अक्ष्यकोषको व्याजबाट नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिब्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गर्काे छ । यस्तै बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी कयामेरा जडान गर्ने भएको छ । त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले गर्ने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।