ताजा अपडेट »

बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत

मंगलबार, ११ असोज २०७९, ११ : ५५
8 Shares

भैरहवा । ईजरायलका म्याक ढाका टोपीमा ठाटिदा मख्ख देखिन्थे । विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा पहिलो पर्यटकको रुपमा भित्रिएका म्याक नेपालीहरुको स्वागतले गद्गद थिए । विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा बेलहियामा भारत हुदै आउने पर्यटकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरेका छन् ।

भारत हुदै आउने भारतीय पर्यटक दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छ पहिलो भारतीय पर्यटकको रुपमा नेपाल भित्रिनु भएको छ । यस्तै ईजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जु लाई पनि मन्त्री खाँणले स्वागत गरे । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा समारोह समिति गठन गरि बेलहिया नाका हुदै नेपाल भित्रिने पर्यटकहरुलाई स्वागत गरिएको छ । नेपाल पर्यटनको लागि खुल्ला रहेको र पर्यटकको स्वागत गर्न नेपाल आतुर रहेको सन्देश दिन “पर्यटनमा पुर्नबिचार” भन्ने नारा सहित दिवस मनाईएको छ ।

विश्व पर्यटन दिवसको दिन देखी सिद्धार्थ होटल संघले भैरहवा तथा यस आसपासका सम्पूर्ण होटलहरुमा नेपाली तथा भारतीय पर्यटकलाई २० प्रतिशत छुटको घोषणा गरेको छ । होटलमा उपलब्ध कोठा, खानामा यो छुट प्रदान गरिएको सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।यस्तै आज स्वागत गरिएका ५ जना पर्यटकलाई पनि उनिहरुको गन्तब्य सम्म समाराह समितिले नै पु¥याउने र उनिहरुका आजको खाना खर्च एवम होटलको प्रवन्ध पनि समितिले नै गर्ने श्रेष्ठले बताए ।

भारतको केरलाबाट नेपाल भ्रमणमा आएका राकेश कुमार कच्छ नेपालीहरुको स्वागत, भेषभुषा र संस्कृतिले आकर्षित गरेको बताए । “भारत छोडने बित्तिकै नेपालीहरुबाट पाएको मायाले हर्षबिभोर भएको छु ।” उनले भने “मेरो गाउँठाउँ पुगेर नेपालीहरुको यो आतिथ्यता बारे जानकारी गराउनेछु ।”बिदेशी पर्यटकको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल आउने भारतीय पर्यटकलाई पनि अन्य पर्यटक झै सम्मान गर्नु पर्ने बताए । “भेषभुषा मिल्छ, रहनसहन मिल्छ भनेर भारतीयहरुलाई हेला गर्नु भएन ।” खाँणले भने “उहाहरु पनि हाम्रो लागि बिदेशी पाहुना हो, अन्य पाहुनाले जस्तो सम्मान उहाहरुले पनि पाउनु पर्छ ।”

खाँणले नेपालको समग्र बिकासको लागि नेपालका सम्पदाहरुको रक्षा र त्यसको उपयोगको साथै पर्यटन ब्यवसायको प्रवद्र्धन नेपाललाई समृद्ध बनाउने मूल आधारशिला भएको बताए । उनले सरकार नेपालका पर्यटन बिकासमा संवेदनशिल भएको बताए । अतिथिको सम्मान गर्ने नेपालीहरुको संस्कृति नै रहेको उनले जिकिर गरे । “पहिला निशुल्क रुपमा अतिथिहरुलाई सत्कार गर्ने गरेका थियौं, अहिले शुल्क लिएर होटल लगायतमा स्वागत गरिरहेका छौं ।” उनले भने

बेलहिया नाकाबाट नै नेपालमा सडक मार्ग हुदै सबैभन्दा बढी पर्यटक भित्रिने भएकोले बेलहियामा अध्यागमन्, भन्सार कार्यालय, पर्यटक सूचना केन्द्र, बाटो लगायतका पूर्वाधारहरु अन्र्तराष्ट्रिय स्तरको बनाइने उनले बताए । खाँणले बेलहियामा निर्माण सम्पन्न हुन बाँकी रहेको बाटोलाई पनि अबिलम्ब निर्माणको ब्यवस्था मिलाउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए ।

उनले लुम्बिनीमा रहेका बिद्युतिय बसहरु तत्काल सञ्चालन गर्न निर्देशन समेत दिए । बस सञ्चालनमा आर्थिक कमि आए आफुले पाउने सुविधा बाट तिर्ने उनले प्रतिवद्धता जनाए । खाँणले भोली ११ बजे सम्म बस सञ्चालनको औपचरिक निर्णय हुने गरि काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा