८ आश्विन २०७९, शनिबार

Sep 24, 2022


भैरहवा ।  नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो  । 

Advertisement

दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ ।

बैंकले यस अघि भदौ २६ गतोबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ । अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् । 

रुपन्देहीको हकमा सर्वसाधरणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

१० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना