ताजा अपडेट »

भारतमा विदेशी हिन्दूलाई नागरिकता दिने गरी विधेयक पारित

मंगलबार, २४ मंसिर २०७६, ११ : ४७
6 Shares

मंसिर २४,

काठमाडौँ । भारतको लोकसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको छ । सोमबार लोकसभामा भएको मतदानमा विधेयकको पक्षमा ३११ मत र विपक्षमा ८० मत परेको थियो । भारी मतले पारित भएसँगै विधेयकलाई बुधबार राज्यसभामा पेश गरिने छ ।

नागरिकता संशोधन विधेयकको पक्षमा जेडियु, शिवसेना, बिजेपी र पूर्वोत्तरका केही दलले मत हालेका थिए । राज्यसभाबाट समेत नागरिकता विधेयक सहजै पारित हुने अपेक्षा गरिएको छ । नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ । तर विधेयकमा मुस्लिम समुदायलाई भने यस्तो सुविधाबाट वञ्चित गरिएको छ ।नागरिकता संशोधन विधेयकलाई लिएर आसाम, बंगाल लगायतका क्षेत्रमा विरोध सुरु भएको छ ।

आसामको नर्थ इस्ट स्टुडेन्ट अर्गनाइजेशन र अल असम स्टुडेन्ट युनियनले मंगलबार बन्द आव्हान गरेका छन् । उत्तर पूर्वोत्तर राज्यका आदिवासीले बाहिरबाट आएकालाई नागरिकता दिँदा आफ्नो पहिचान र जीविका खतरामा पर्ने भन्दै विरोध जनाएका हुन् । आसामका अलवा त्रिपुरामा समेत नागरिकता संशोधन विधेयकको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।त्रिपुरामा भारतीय जनता पार्टी निकट इन्डिजिनस पिपुल फ्रन्ट अफ त्रिपुरासहित कैयौं आदिवासी समूहले सोमबार बन्दको आयोजना गरेका थिए ।

यता अमेरिकाको एक आयोगले नागरिकता संशोधन विधेयकलाई लिएर गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी संघीय अमेरिकी आयोगले संसदबाट विधेयक पारित भएमा गृहमन्त्री शालमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।