१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर १६,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभुत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो ।

तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० जना नगर प्रहरीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको मूल्यांकनका आधार, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतको बारेमा तालिम दिइएको केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बताए । उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापन बारेमा पनि तालिम दिइएको थियो ।

नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको केन्द्रका प्रहरी नायव उपरीक्षक सुभाष गैरेले जानकारी दिए । नगर प्रहरीलाई शारीरिक व्यायम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको केन्द्रले जनाएको छ । सम्बन्धित पालिका प्रमुखहरुको उपस्थितमा आयोजित नगर प्रहरी दिक्षान्त कार्यक्रममा नगर प्रहरीले कवाज सपथ र र्दज्यानी चिन्ह ग्रहण गरेका थिए । त्यसअवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले स्थानीय सरकारका काम÷कारवाहीलाई प्रभावकारी बनाउन तालीम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य