२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्र सङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राई

काठमाडौँ । नेपालले राष्ट्र सङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्र सङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गरेका हुन् ।

राईले सम्बोधनको क्रममा भने, “हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ ।” राष्ट्र सङ्घीय अफिसियल डेभलपमेन्ट एसिस्टेन्स्अन्तर्गत विकसित देशले आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव सात प्रतिशत अल्पविकसित देशलाई प्रदान गर्नुपर्ने प्रतिबद्धतालाई पूरा गर्न अनुरोध गर्दै राईले अगाडि भने “हामी हाम्रा दातृ साझेदारलाई साझेदारीमा बढोत्तरी गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ ।”

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताको रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ ।अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेको समेत नेपालको धारणा रहेको छ ।-रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण