ताजा अपडेट »

माओवादी गुल्मीका पुराना नेता कार्की केन्द्रिय सदस्यमा मनोनित

विहीबार, १६ असार २०७९, १७ : ०६
12 Shares

गुल्मी। नेकपा माओवादी केन्द्र गुल्मीका एक पुराना नेता केन्द्रिय सदस्यमा मनोनित भएका छ्न । गुल्मी जिल्ला कमिटीका पुर्व पार्टी अध्यक्ष रहेका वीर बहादुर कार्की (चाहल) केन्द्रिय कमिटी बाट केन्द्रिय सदस्यमा मनोनित भएको सो पार्टिका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बलालले जानकारी दिए ।

यस अघि लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका चाहल २०४२ साल देखि कम्युनिस्ट आन्दोलनमा लागेको र जनयुद्ध देखि नै प्रवास बाट माओवादी आन्दोलन सङ्ग जोडिएको बताउँछन् । कृषि पेशा नै जिवनको अर्को पाटो ठान्ने उनी राजनिती सङ्गै व्यवसायिक कृषि पेशामा आबद्ध छ्न ।
आफ्नो घर जिल्लाकै छापाहिले गाउँ देखि सदरमुकाम तम्घासमा आएर समेत कार्किले विभिन्न ब्यक्तिहरुले बाझो छाडेको जमिन फाडेर तरकारी फलफुल र जडिबुटी फार्मा सन्चालन गर्दै आएका छ्न । उनी कृषकहरुका अशली नेताका रुपमा चिनिदै आएका छन । उनी हालै जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।