ताजा अपडेट »

फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान

विहीबार, १६ असार २०७९, ०९ : ३५
10 Shares

काठमाण्डौं । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने "अमेरिका कन्भेन्सन (एनएसी)" फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेल्न दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । 

हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो  एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।