ताजा अपडेट »

लोदोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत भेटिइन्

आइतबार, १२ असार २०७९, ०८ : ४९
4 Shares

काठमाण्डौं । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । काठमाण्डौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।
पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छन् ।

राजु परियारलगायतसँग उनले गाएका गीतहरू चर्चित छन् । प्रहरीले शुक्रबार साँझ मृतकको कोठामा गएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बताएका छन् । सुर्खेतबाट छोरा आएपछि आज कानुनी प्रकृया अगाडि बढाउने प्रहरीको तयारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।