२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौँ । नेपालमा आइतबारदेखि मनसुन आएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको आएको हो । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ । 

Advertisement

न्यूनचापीय क्षेत्रको विस्तार भएका कारण छिट्टै मनसुन भित्रिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताए । उनका अनुसार भारतको केरलामा झन्डै एक साताअघि निर्माण भएको मनसुनी न्यूनचापीय प्रणाली त्यहाँको बढ्दो तापमानका कारण विस्तार हुने र अन्यत्र सर्ने क्रममा तीव्रता आएकाले पनि नेपालमा मनसुन एक साताअघि नै भित्रिएको हो । 

नेपालमा मनसुन आउनुपूर्व भारतमा बनेको प्रणाली दुई भागमा छुट्टिएर एउटा पाकिस्तानतर्फ र अर्को बङ्गालको खाडीतर्फ सरेको थियो । त्यो प्रणाली बङ्गालको खाडीमा पुगेर थप विस्तार नहुँदै नेपालमा आइपुगेकाले पनि मनसुनको आगमन यसपालि छिटो भएको हो । मनसुन बङ्गालको खाडीमा विस्तार भएपछि वर्षाको स्तर थप बढी हुन सक्ने अनुमान गरिएको छ । उनले भने, “नेपालमा पूर्वमनसुनको गतिविधि राम्रो रहेकाले पनि मनसुनका लागि आवश्यक वातावरण पहिलेदेखि नै बनेको थियो, त्यसले पनि केही हदसम्म छिटो मनसुन भित्र्याउन सहयोग पु-याएको हुन सक्छ ।”

मनसुन आगमन भएसँगै देशका विभिन्न स्थानमा वर्षाले निरन्तरता पाएको छ । छिट्टै मनसुन भित्रिएकाले किसान वर्गमा हर्ष छाएको छ । धान रोपाइँको सिजन सुरु भएकोले पनि छिट्टै वर्षा हुँदा उत्पादन राम्रो हुने आशा किसानको रहेको कृषि मौसमविद् रामेश्वर रिमालले बताए । 

यसपालि बढी वर्षा हुने

यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ । 

विशेष गरी प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा औसतभन्दा बढी वर्षाको सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको जनाइएको छ । 

यसले पूर्वी तराईमा बाढी र डुबानकासाथै पहाडी भेगमा पहिरोको जोखिम बढाउनेछ । त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य–पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने प्रदेश १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता