ताजा अपडेट »

पाल्पाबाट बुटवलतर्फ ल्याउँदै गरेको अवैध काठसहित २ जना पक्राउ

बुधबार, ११ जेठ २०७९, १४ : २५
4 Shares

बुटवल । पाल्पाको तानसेनमा अवैध काठ सहित २ जना पक्राउ परेका छन् । तानसेन हुँदै बुटवलतर्फ अवैध काठ ल्याउँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले बताए ।

तानसेन नगरपालिका वडा नं.१३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ प्रहरीको टालीले तानसेन बसपार्क नजिकै चेकिङ गर्ने क्रममा काठ बरामद गरेको जनाएको छ । गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।