ताजा अपडेट »

बुटवलको कालिकानगरमा मोटरसाईकलको ठक्करबाट एक पुरुषको मृत्यु

शनिबार, ०७ जेठ २०७९, ०५ : ४४
24 Shares

बुछवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट शुक्रबार राती  स्थानी बुटवल-१० का ७२ वर्षीय पशुपति भट्टराइको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार पैदलयात्री भट्टराईलाई लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । घटना लगत्तै उद्दार गरि उपचारका लागि स्थानीय चौराह हस्पिटलमा लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । मोटरसाइकल चालक बुटवल- ४ आदर्शनगर बस्ने २४ वर्षीय बिरेन थापाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।