ताजा अपडेट »

रुपन्देहीको मायादेवी गाउँपालिकाबाट साढे ७ लाख मुल्य बराबरको चिनी बरामद

शुक्रबार, २५ फागुन २०८०, १३ : ३७
240 Shares

भैरहवा । सशस्त्र प्रहरी बल, नं. २७ गण हेडक्वाटर रुपन्देहीले अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।

डीएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी मूल्य ७ लाख ५० हजार बराबरको चिनी बरामद गरिएको हो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।