ताजा अपडेट »

नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी

विहीबार, ०५ जेठ २०७९, १३ : ५४
6 Shares

परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा)का उम्मेदवार करम हुसेन मियाँलाई २२ सयको फराकिलो मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका छन् । उपाध्यक्षमा निर्वाचित मानकुमारी चौधरीले जप्रपाकी उमेदवार अञ्जुकुमारी चौधरीलाई १६ सय ४६ अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । टिकट नपाएपछि चौधरी जप्रपामा गएर चुनाव लडेकी हुन् । यसैबीच, ९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४, राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले १र१ वडाध्यक्ष जितेका छन् ।

वडा नं.१ को अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र चौधरी विजयी भएका छन् । वडा नं. २ मा राप्रपाका रामनरेश अहिर, वडा नं. ३ मा नेपाली कांग्रेसका ऋषिदेव दास र वडा नं. ४ मा जप्रपाका जन्त्री प्रसाद बरई वडाध्यक्षमा विजयी भएका छन् ।वडा नं. ५ मा राप्रपाका रमेश कानु बनिया, वडा नं. ६ मा नेपाली कांग्रेसका केशवप्रसाद अधिकारी र वडा नं। ७ मा नेपाली कांग्रेसका हरेन्द्र यादव वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ८ मा माओवादी केन्द्रका सन्तोष राजभर र वडा नं.९ मा एमालेका जयकिशुन चौधरी वडाध्यक्षमा विजयी भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।